

काठमाडौं – ०४७ सालको संविधान कार्यान्वयनको माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार(मंसिर ७) दिउँसो माइतीघरमा उक्त मागसहित प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरे । रोजगारीको ग्यारेन्टी, ०४६ सालयताको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण, ०४६ सालयताको सरकारी गुठी र शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्न समेत उनीहरूले माग गरे ।

उनीहरूले प्रत्येक जिल्लामा श्रम कारागार निर्माण गर्न, संवैधानिक राजसंस्थासहितको वैदिक सनातनी हिन्दुराज्यको माग पनि गरे ।


Views: 74

