

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ५२ सय रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रहेको प्रतितोला छापावाल सुन ५२ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ३ हजार ११५ रहेको चाँदीको मूल्य ८५ रुपैयाँ बढेर ३२ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Views: 361

