Aamsanchar

महेश बस्नेतविरुद्ध युवाहरूको प्रदर्शन

Author Image
मङ्गलवार, मंसिर १०, २०८२

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूको एक समूहले आज प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए । युवा संघको आयोजनामा वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार कार्यक्रम तय गरिएको संगठनले जनाएको छ ।
महेश बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। प्रहरी स्रोतका अनुसार बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Views: 58

प्रतिक्रिया (०)