Aamsanchar

परालको कुन्यूभित्र लुकाएर राखेको २ क्विन्टल १३ केजी गाँजा बरामद

Author Image
बुधवार, मंसिर ११, २०८२

वीरगन्ज – पर्साको विन्दवासिनी गाउँपालिका–५ बटसौरा गाउँमा परालको कुन्यूभित्र लुकाएर राखिएको लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ। बटसौरा गाउँको खेतमा थुपारिएको परालको कुन्यूभित्र लुकाएर राखेको २ क्विन्टल १३ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

परालको कुन्यूबाट २० वटा पोकामा रहेको उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए।

गाँजाका कारोबारीले भारतमा तस्करी गर्नका लागि मकवानपुर र धादिङको पहाडी भेगबाट ल्याएर भण्डारण गरेको गाँजा बरामद गरिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए।

 

Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर