Aamsanchar

इलाममा तरकारीको मूल्य आकाशियो

Author Image
बिहिवार, मंसिर १२, २०८२

तस्विर : गोरखापत्र

इलाम-  सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मङ्सिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढिरहेको छ । इलाम सदरमुकाममा बिहीबार लाग्ने साप्ताहिक हाटमा गाउँबाट बिक्रीका लागि ल्याइएको तरकारी र दालको मूल्य किन्न नसकिने रहेको उपभोक्ता बताउँछन् ।

अहिले बजारमा गाउँबाट ल्याइने मासको पहेंलो दाल प्रतिकिलो ३८० रुपियाँ छ । कालो दाल प्रतिकिलो ३५० रुपियाँका दरले खरिद बिक्री भइरहेको छ । यस्तै तरुलजन्य तरकारीको मूल्य उत्तिकै बढी छ । पिंडालुको मूल्य प्रतिकिलो एक सय ५० रुपियाँ, इस्कुसको जरा प्रतिकिलो एकसय ८० देखि दुुईसय रुपियाँ, घर तरुल प्रतिकिलो ८० रुपियाँ, भिन्डी प्रतिकिलो एकसय ८० रुपियाँ, फूलकोपी प्रतिकिलो दुईसय रुपियाँ छ ।

यस्तै मूूला प्रतिकिलो ५० रुपियाँ, आलुु प्रतिकिलो ८० देखि एकसय रुपियाँ, प्याज प्रतिकिलो ८०–९० रुपियाँ र गोलभेंडा प्रतिकिलो एकसय रुपियाँ छ । यसपटक असोज १८ गतेको पानी र बाढीपहिरोका कारण पाक्न लागेको दालमा क्षति भएपछि दाल नै नपाउने स्थिति रहेको इलामको माईबेंसीबाट तरकारी लिएर इलाम बजार आउनुभएकी गङ्गामाया राईले बताउनुभयो ।

रायोको साग निस्किने सिजनमा अहिले बजारमा रायोको साग समेत नपाइने गरेको उपभोक्ता बताउँछन् । असोजमा परेको पानी र हुुस्सुुका कारण इलाम बजारमा साग निस्किसकेको छैन । यस्तै जिल्लाका अन्य ठूला बजारहरु फिक्कल, नयाँबजार र मङ्गलबारेमा यस पटक तरकारी महँगो छ ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर