Aamsanchar

पूर्वी नाका काँकडभिट्टाबाट चार महिनामा एक अर्ब ३७ करोड ३० लाखको चिया निर्यात

Author Image
शुक्रवार, मंसिर १३, २०८२

झापा-पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चिया निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भयो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम छ ।

गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आर्थिक वर्षमा रु ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएको हो ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर