Aamsanchar

लोमस फर्मास्युटिकल्सले उत्पादन गरेकाे प्यारासिटामोल ट्याब्लेट खान नमिल्ने

Author Image
शुक्रवार, मंसिर १३, २०८२

काठमाडौँ – नेपाली औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको (सेटोफेन)नामक प्यारासिटामोल ट्याब्लेट खान नमिल्ने भन्दै औषधि व्यवस्था विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

औषधि व्यवस्था विभागले लोमसले उत्पादन गरेको ब्याच नं। सीटी २७२३ ९सेटोफेन०नामक प्यारासिटामोल ट्याब्लेट खान योग्य नरहेको भन्दै तत्काल बजारबाट फिर्ता लैजान निर्देशन गरेको हो।

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको हो।

उक्त सिटामोल सन् २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ। अर्थात् म्याद गुज्रन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्बाध बिक्री–वितरण हुँदै आएको छ तर अहिले विभागले प्रयोगशालामा राखेर गरिएको परीक्षणमा उक्त सिटामोल खानयोग्य नभएको पाइएको हो।

गुणस्तर कम भएका औषधि सेवन गर्दा विरामीलाई गम्भीर स्वास्थ्य साइड इफेक्ट निम्त्याउने हुनाले यस्ता औषधि सेवन गर्न नहुने विज्ञहरु बताउँछन्।

औषधि ऐनको दफा १२ मा हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने स्पष्ट व्यवस्था छ। सोही दफाले बजारमा पुगिसकेको कुनै औषधि गुणस्तरहीन ठहरिएमा उत्पादकले आफैँ फिर्ता लिनुपर्ने व्यवस्था छ।

Views: 939

प्रतिक्रिया (०)

सम्बन्धित खबर