Aamsanchar

अमेरिकामा बच्चाको जन्मदिनको पार्टीमा गोलीबारी हुँदा चार जनाको मृत्यु, १० जना घाइते

Author Image
आइतवार, मंसिर १५, २०८२

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा बच्चाको जन्मदिनको पार्टीमा गोलीबारी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

यस घटनामा अरू १० जना घाइते भएको बताइएको छ । घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा भएको थियो । मृतक र घाइतेको पहिचान खुलाइएको छैन ।

घटनापछि आक्रमणकारी फरार रहेको समाचारमा उल्लेख छ । गोलीबारी स्थानीय समयअनुसार साँझको ६ बज्नु केहीअघि भएको हो । घटनामाथि छानबिन भइरहेको र जानकारीहरू सीमित मात्रै रहेको प्रहरीको भनाइ छ ।

 

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर