Aamsanchar

मिलन पाण्डे रास्वपासँगको एकता प्रक्रियामा सामेल नहुने

Author Image
आइतवार, मंसिर १५, २०८२

काठमाडौं –  विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन ।”

उनले अगाडि लेखेका छन्, “अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु ।”

पाण्डेले भनेका छन्, “आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।” विवेकशील नेपाली दल हुँदा सुरुआती चरणमा उनले ५८ प्रतिशत मत पाएर अध्यक्ष बनेका थिए । पछि विवेकशील साझा पार्टीका संयोजक बनेका थिए ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर