Aamsanchar

पुस ४ गतेदेखि तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव

Author Image
आइतवार, मंसिर १५, २०८२

तुलसीपुर – नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव आयोजना हुनेभएको छ ।

औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको सुधार भन्ने मूल नारासाथ प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन कृषि व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव आयोजना गरिएको हो ।

साना उद्योग महासङ्घले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सव विषयमा जानकारी गराएको हो । संस्थाका अध्यक्ष लालबहादुर केसीले तुलसीपुरको गौरवकै आयोजनाका रूपमा रहेको तुलसीपुर औद्योगिक ग्रामको प्रचार प्रसारका साथै औद्योगिक ग्राम सञ्चालन, तुलसीपुरमा स्थानीय सरकारको समन्वयमा तरकारी हाटबजार सञ्चालन, व्यावसायिक नवीनतम सोचको विकास गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो ।

उहाँले स्टार्टअप र साना व्यवसायलाई प्रवर्धन र उत्पादनलाई महोत्सवमा प्राथमिकता दिइने बताउनुभयो । महोत्सव पुस ४ गतेदेखि १९ गतेसम्म तुलसीपुर–६ मा सञ्चालन गर्न थालिएको हो ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर