

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ । उनको केहिबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ । आज मध्याह्न बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा रामनारायणको निधन भएको थियो । अस्पतालका अनुसार उनको १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

Views: 97

