

झापा- झापा गाउँपालिकामा मोटर चोरी गरी भारततर्फ लैजान खोज्ने एक युवक पक्राउ परेका छन्। आज बिहान ६:५० बजे झापा गाउँपालिका–४ चौधरी बस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल बिओपी टाँघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले कनकाई–४ सुरुङ्गा निवासी करिब २७ वर्षीय अशोक मगरलाई पक्राउ गरेको हो।

चेकजाँचका क्रममा उनलाई साइकलमा चोरी भएको मोटर भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। मोटर चोरी भएको पुष्टि भएपछि उनलाई मोटरसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पठाइएको छ।
Views: 189

