Aamsanchar

नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेईसँग पराजित

Author Image
बुधवार, मंसिर १८, २०८२

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ ।

नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेईबीच भएको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको टोली जीतविहिन भयो ।

हिजोको खेलमा नेपाल चाइनिज ताइपेईसँग १ गोलले पराजित भएको हो । इन्डोनेसियाको योग्यकार्तामा भएको खेलमा चाइनिज ताइपेईले खेलको दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो ।

चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जितेर उपाधि जित्यो । उसले इन्डोनेसियालाई ५ गोलले हराएको थियो । नेपाल इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर