

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै उनले आफू सभापतिको उम्मेदवार हुने कुरामा कुनै शंका नरहेको बताए।

तपाईँ कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार हो रु भन्ने प्रश्नमा महामन्त्री थापाले भनेका छन्, ‘त्यसमा त कुनै डाउट नै भएन नि ! म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ।’
Views: 93

