Aamsanchar

विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

Author Image
बिहिवार, मंसिर १९, २०८२

विराटनगर- प्रहरीले विराटनगर १७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १७ स्थित मटेरुवा टोलबाट प्रहरीले विराटनगर १८ का रवि साहलाई पक्राउ गरेको हो ।

साहको साथबाट प्रहरीले ६ लाख ४९ हजार पाँच सय रुपियाँ नेपाली नोट बरामद गरेको छ । को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम फेला परेपछि पक्राउ गरेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बुधबार राति साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर