Aamsanchar

मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Author Image
शुक्रवार, मंसिर २०, २०८२

बैतडी – जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

सूर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परी ट्रक चालकसमेत रहेका सूर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

खाली ट्रकमा चालक मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको बडूले जानकारी दिए।

घटनाबारे स्थानीयले शुक्रबार बिहान करिब ८ बजे ट्रक सडकबाट खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर