

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मूल्य तीन हजार ५५५ निर्धारण भएको छ।

हिजोको तुलनामा सुन ९०० र चाँदी ७० रुपैयाँ घटेको हो। हिजो सुन दुई लाख ५३ हजार ३०० र चाँदी प्रतितोला तीन हजार ६२५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
Views: 95

