Aamsanchar

सडक विस्तारमा सर्वोच्चको अल्पकालीन रोक

Author Image
शुक्रवार, मंसिर २०, २०८२

काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौंडाको सडक विस्तारको काम तत्कालका लागि रोकिने भएको छ।

सर्वोच्च अदालतले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भोलि शनिबारदेखि हुन लागेको सडक विस्तारको काम रोक्न आदेश दिएको हो।

रास्वपा नेतृ एवं विघटित प्रतिनिधिसभा सदस्य विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो। अदालतले अन्तरिम आदेश दिनुपर्ने हो कि होइन भन्ने विषयमा मंसिर २६ गतेको पेशी तोकी दुवै पक्षलाई छलफलमा बोलाएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा बजार क्षेत्रको राजमार्ग विस्तारका लागि मंसिर २० गतेदेखि घर टहरा भत्काउने तयारी गरेपछि कंसाकारले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

कंसाकारले मुआब्जा र क्षतिपूर्तिको व्यवस्था नगरी तथा कानुन विपरीत सडक विस्तार गर्न लागिएको भन्दै गत मंसिर १६ गते सर्वोच्चमा रिट दायर गरेकी हुन् ।अदातले डिभिजन सडक कार्यालयसहितका प्रत्यर्थीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि अदालतले आदेश दिएको छ ।

Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर