Aamsanchar

सुनको मूल्य घट्याे

Author Image
आइतवार, मंसिर २१, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज ११ सय रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ९०० सय रुपैयाँले घटेको सुन आज ११ सयले घटेको हो।

 

मूल्य घटेसँगै एक तोला सुनको भाउ २ लाख ५२ हजार २०० पुगेको छ। शुक्रबार प्रतितोला सुन २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेपनि चाँदीको भाउ भने वृद्धि भएको छ। ५५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ६०५ रुपैयाँ कायम भएको छ।

 

शुक्रबार प्रतितोला चाँदी ३ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२