

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ ।

उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।



शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।
Views: 50

