Aamsanchar

मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किएर दुर्घटना

Author Image
आइतवार, मंसिर २२, २०८२

काठमाडौं –  मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् ।

घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ ।

विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए । बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।

फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको थियो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर