

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको सिंहदरबारको अवलोकन गरेकी छन् ।

आइतबार पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा जलेको सिंहदरबार परिसरका विभिन्न संरचनाको अवलोकनका लागि पुगेकी हुन् ।



पूर्वराष्ट्रपति भण्डारीलाई सिंहदरबारमा सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले स्वागत र सहजीकरण गरेका थिए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका प्रदर्शनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयसहित विभिन्न मन्त्रालय र विभागीय कार्यालय रहेका भवनमा आगजनी गरेका थिए ।
आगजनीले ध्वस्त भएका भवनको अझै पुनर्निर्माण भइसकेको छैन ।
Views: 36

