

झापा: भारतबाट ल्याइएका ४१७ केजी अवैध माछा प्रहरीले बरामद गरेको छ। आज बिहान ११:२० बजे कन्काई नगरपालिका–३ स्थित सव डिभिजन वन कार्यालय नजिकै बाटोछेउमा भन्सार छलेर क्वारेन्टाइन बिना ल्याइएका माछा गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी नायब निरीक्षक सुबास ढुंगानाको टोलीले ती माछा नियन्त्रणमा लिएको थियो।

करिब १ लाख ५० हजार मूल्य बराबरका मुंग्री, सिलन, रहूँ र बम्प्लेट जातका माछा आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको जनाइएको छ।
Views: 77

