

झापा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आफ्नो युवा संयन्त्र Rapid Action Team (RAT) गठन गरेको छ। झापाको विर्तामोड–२, लक्ष्मीपुरमा आज सम्पन्न कार्यक्रममा केन्द्रीय RAT विभागका कार्यवाहक प्रमुख आशिष थापाको उपस्थितिमा टिम गठन गरिएको हो।

नवगठित टिमको नेतृत्व खिलराज खड्काले गर्नेछन्। उपसंयोजक बिमला दर्जी, सचिव खेम बहादुर कार्की, कोष व्यवस्थापक इन्द्र बहादुर राउत र ७३ सदस्य चयन गरिएको छ।

रास्वपा झापाका सचिव शम्भु ढकाल ‘सुस्केरा’ ले संगठन विस्तार तथा आगामी चुनाव लक्षित गतिविधिहरू निरन्तर जारी रहेको बताए।


Views: 102

