Aamsanchar

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

Author Image
सोमवार, मंसिर २३, २०८२

काठमाण्डौ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहान उपत्यकाकाको न्यूनतम तापक्रम हिजोभन्दा केही बढेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ६।२ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२