Aamsanchar

श्रीमतीमाथि कुटपिट गरी चारमहिने छोराको घाँटी रेटेर हत्या गर्ने प्रहरीका असई पक्राउ

Author Image
सोमवार, मंसिर २३, २०८२

काठमाडौं – नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले चार महिने छोराको हत्या गरेका छन्।

श्रीमान्–श्रीमतीबीच झगडा हुँदा असई पुष्कर कार्कीले आफ्नो छोराको हत्या गरेको खुलेको छ। छोराको हत्या आरोपमा उनलाई आइतबार साँझ करिब ६ बजे प्रहरीले पक्राउ गरेको छ।

असई कार्की र उनकी श्रीमतीबीच चारमहिने छोराको उपचारका विषयमा झगडा भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए।
उपचारका विषयमा झगडा हुँदा उनले श्रीमतीमाथि कुटपिट गरी चारमहिने छोराको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक बयानमा खुलेको एसपी भट्टराईले बताए।

असई कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। उनकी श्रीमती पनि नेपाल प्रहरीकै जवान हुन्।

श्रीमतीमाथि कुटपिट र छोराको हत्यापश्चात् कार्की कोठाबाट भागेका थिए।कार्कीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

घाइते श्रीमतीको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भरहेको छ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर