Aamsanchar

किया शोरूम अब बिर्तामोडमा सञ्चालनमा, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत सेवा विस्तार

Author Image
सोमवार, मंसिर २३, २०८२

बिर्तामोड – नेपालका लागि एकमात्र अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा।लि। ले बिर्तामोडमा नयाँ किया शोरूमको औपचारिक उद्घाटन गरेको छ। कन्टिनेन्टल ग्रुपकी निर्देशक रेखा घिमिरेले शोरूम उद्घाटन गर्दै कोशी प्रदेश मा कियाको सेवा, पहुँच र ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

उद्घाटन कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका उप-महाप्रबन्धक मनजीत पोखरेल, मार्केटिङ प्रमुख विवेक लेखक, सेवा प्रमुख अमित चौधरी, मार्केटिङ अफिसर निरात न्यौपाने, किया गैरिधाराका सहायक प्रबन्धक राकेश विश्वकर्मा, बिर्तामोड शोरूम प्रबन्धक ममता रजबंशी, बिराटनगर शोरूम प्रबन्धक कुशल लामिछानेसहित स्थानीय–केन्द्रीय प्रतिनिधिहरू र किया बिर्तामोड टिमको उपस्थिति थियो।
शोरूमको पुनः सञ्चालनसँगै यसको पूर्ण व्यवस्थापन अब कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गर्नेछ। यसले स्थानीय ग्राहकलाई अझ विश्वसनीय, एकीकृत र व्यावसायिक ब्रान्ड अनुभव उपलब्ध गराउने अपेक्षा गरिएको छ।


नयाँ बिर्तामोड शोरूममा आधुनिक लोकप्रिय किया मोडेलहरू एउटै स्थानमा उपलब्ध हुनेछन्। सेवा सुविधा, ग्राहक टचप्वाइन्ट र समग्र अनुभवलाई अझ सहज र व्यवस्थित बनाइने कम्पनीले जनाएको छ।
यस शोरूमको प्रमुख आकर्षण ‘पूर्ण महिला सञ्चालित अटोमोबाइल शोरूम टोली’ को सुरुवात हो, जसले नेपालको अटो उद्योगमा समावेशी कार्यस्थलको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
उद्घाटनसँगै, डिसेम्बर ८ देखि १० सम्म किया एक्सचेन्ज क्याम्प सञ्चालनमा रहेको छ, जहाँ ग्राहकहरूले सवारी सटही गर्दा विशेष अफरहरू पाउन सक्छन्। कार्यक्रममार्फत कियाले सोनेट ज्त्भ् र सेल्टोस ज्त्प्९इ० भेरियन्टहरू पनि सार्वजनिक गरेको छ, जसले विभिन्न ग्राहक आवश्यकता अनुसार मोडेल छनोटको दायरा थप विस्तार गरेको छ।
नेपालभर सेवा र सञ्जाल विस्तारमा अघि बढिरहेको कियाका इन्धन तथा विद्युतिय दुवै प्रकारका सवारीसाधन विश्वभर उत्कृष्ट प्रविधि र भरपर्दोपनाका लागि परिचित छन्। नेपालमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ३० वर्षभन्दा बढी समयदेखि कियाको बिक्री तथा सेवामार्फत ग्राहक विश्वास कायम राख्दै आएको छ।
बिर्तामोडमा पुनः सञ्चालनमा आएको किया शोरूम अब ‘Movement that Inspires’ को भावनासहित ग्राहकलाई स्वागत गर्न तयार रहेको कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रम सुनिता तामाङ ले सञ्चालन गरेकी थिइन ।

 

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर