

काठमाडौं – तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

त्यस्तै जेनजी आन्दोलनमा घाइते तथा अपांग भएकाहरूका सम्बन्धमा राहत उपलब्ध गराउन कार्यविधि बनाउने निर्णयसमेत भएको मन्त्री खरेलले बताए। त्यस्तै जेनजी आन्दोलनमा घाइते भएकाहरूको शिक्षा र स्वास्थ्यको व्यवस्था पनि सरकारले मिलाउने उनले बताए।
Views: 56

