Aamsanchar

अब नबन्ने ठेक्का तोड्दै जाने मन्त्री घिसिङको चेतावनी

Author Image
मङ्गलवार, मंसिर २४, २०८२

काठमाण्डौ – भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्नुपर्ने बाध्यता भएको बताउनुभएको छ ।

पूर्वाधार पत्रकार समाजले काठमाण्डौमा आज गरेको कार्यक्रममा मन्त्री घिसिङले अब नबन्ने ठेक्का तोड्दै जाने चेतावनी दिनुभयो । उहाँका अनुसार नतिजा आउने गरी काम गर्नकै लागि पनि रुग्ण ठेक्का तोड्नुपरेको हो ।

मन्त्री घिसिङले नतिजा दिन नसक्ने अवस्थामा आयोजनाका जिम्मेवार पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ । बजेट खर्च गराउने काममा अर्थ मन्त्रालय, विभागीय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उहाँको भनाइ छ ।

मन्त्री घिसिङले निर्माण व्यवसायीमा धेरै समस्या रहेको भन्दै रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुनेमा जोड दिनुभयो ।

Views: 24

प्रतिक्रिया (०)