

इलाम- गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० र २१ गते पक्राउ गरिएका ती व्यक्तिहरूलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलामले आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–७ का ५२ वर्षीय कमलकुुमार हलुुवाई, इलाम नगरपालिका-६ का २९ वर्षीय विशाल नौभाङ, इलाम नगरपालिका-७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम नगरपालिका–९ का ३९ वर्षीय होमबहादुर खवास, फाकफोकथुम-३ का २३ वर्षीय आदर्श राई, इलाम-४ का ३६वर्षीय यावद तिवारी, इलाम-६ का ३० वर्षीय अर्जुन त्रिखत्री, सन्दकपुर-२ की २५ वर्षीया अन्जुु राई, इलाम-१ का ३० वर्षीय सागर संग्रौला, मिक्वाखोला–२ ताप्लेजुङका ३२ वर्षीय तेजकुमार विक, इलाम–१२ का २८ वर्षीय अनिष राई, इलाम-५ का २३ वर्षीय मोहनकुमार लिम्बू, झापा पृथ्वीनगर घर भई इलाम-५ बस्ने ४३ वर्षीय सुरज गुरुङ, इलाम-९ का ४६ वर्षीय टीकाराम चौहान र इलाम–९ का ३६ वर्षीय सबिन राई रहेको इलामका डिएसपी लक्ष्मी भण्डारीले बताउनुुभयो ।


आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीले नगरपालिकाका सम्पूूर्ण कागजात बाहिर निकालेर आगो लगाएका थिए भने नगरपालिकाकोे भवनभित्रै पसेर आगो लगाउँदा नगरपालिकामा क्षति पुुगेको थियो । यस्तै जिल्ला निर्वाचन कार्यालय इलामका पनि सबै कागजात र त्यहाँ रहेको सवारीमा समेत क्षति पुुगेको थियो । यस्तै, प्रर्दशनकारीले करदाता सेवा कार्यालयमा पनि क्षति गरेका थिए । करदाता सेवा कार्यालयका सबै कागजात बाहिर निकालेर प्रर्दशनकारीले आगो लगाएका थिए । कार्यालयको सवारीमा समेत क्षति पुगेको थियो ।
प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय इलामको कार्यालयमा पनि ढुुङ्गा प्रहार गरी क्षति पुर्याएका थिए । प्रशासन कार्यालयको झ्यालका सिसाहरू फुटेका थिए । यस्तै जिल्लास्थित नेकपा एमाले पार्टीको पार्टी कार्यालय, कांग्रेसको पार्टी कार्यालय, नारायणस्थानमा रहेको तात्कालिन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेर कागजातमा आगो लगाएका थिए । कुलधारामा रहेको तात्कालिन नेकपा समाजवादीको पार्टी कार्यालयमा रहेको कागजात र फर्निचरहरूमा समेत प्रर्दशनकारीले आगो लगाएर ध्वस्त पारेका थिए ।
प्रदर्शनकारीले इलाम चोक बजारमा रहेको ट्राफिक प्रहरीको विट ९पिपी टावर० मा पनि तोडफोड गरी त्यहाँ रहेका सामाग्री बाहिर निकालेर आगो लगाएका थिए ।

