Aamsanchar

आजदेखि अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

Author Image
बुधवार, मंसिर २५, २०८२

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ ।

नयाँ ऐनअनुसार इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका प्लेटफर्महरूले नाबालक प्रयोगकर्तालाई रोक्नुपर्नेछ । यो प्रतिबन्ध उल्लङ्घन गरेमा अभिभावक वा बालबालिकामाथि सजाय नहुने भए पनि सामाजिक सञ्जाल कम्पनीहरूले भने अधिकतम ४ करोड ९५ लाख अष्ट्रेलियन डलर बराबरको जरिवाना तिर्नु पर्ने कानुनी व्यवस्था गरिएको बीबीसीले जनाएको छ ।

यो कदमले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने अस्ट्रेलियन सरकारको लक्ष्य छ । तर आलोचकहरूले भने यसले जोखिममा रहेका किशोर–किशोरीलाई झन् एक्ल्याउन सक्ने तथा उनीहरूलाई नियमनविहीन अनलाइन परिवेशमा धकेल्न सक्ने खतरा रहेको चेतावनी दिएका छन् ।

यो निर्णयलाई अन्य देशहरुले पनि चासोका साथ हेरिरहेका छन् । तर सरकारले यसको सफलतामापन कसरी गर्ने भन्ने विषय भने अझै स्पष्ट छैन ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर