Aamsanchar

डीएसपी मधु नेपाल पक्राउ

Author Image
बुधवार, मंसिर २५, २०८२

काठमाडौं- प्रहरी नायब उपरीक्षक (डीएसपी)मधु नेपाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

उनी बहुविवाह कसुरमा पक्राउ परेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले नेपालको पूर्वपत्नीको जाहेरीका आधारमा नेपाल पक्राउ परेको जानकारी दिए ।

नेपाललाई थुनामा राखेर नै प्रहरीले अनुसन्धान थालेको छ । नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।

नेपाल पक्राउ परे लगत्तै निलम्बनको प्रक्रिया अघि बढेको छ ।

Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर