

भैरहवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम उम्मेदवारमा सिफारिस गरेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले जानकारी दिए ।



त्यस्तै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया ९अल्पसंख्यक०, पुष्पा थरुनी ९थारु० र माधवी शर्मा ९महिला० लाई सिफारिस गरिएको छ । उनका अनुसार यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सोमनाथ शर्मा ९खस आर्य०, मिननाथ शर्मा ९अपाङ्ग०, भिमप्रसाद न्यौपाने ९खस आर्य० र मोहन सरदार ९अल्पसंख्यक० लाई सिफारिस गरिएको छ।
सबै पदका लागि सर्वसम्मत निर्णयबाट उम्मेदवार चयन भएको सभापति गुरुङले बताए।

