Aamsanchar

सत्तामा पुग्न कम्युनिष्टहरू जोसँग पनि मिल्न थाले : गोकर्ण विष्ट

Author Image
बुधवार, मंसिर २५, २०८२

काठमाडौं – नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन्। एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले न्यूनतम् विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताए। १० औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नारा विपरीत कार्यहरू भएको उनको भनाई छ।

२०७९ को निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उनले बताए। सरकार निर्माणमा पनि न्यूनतम् सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, कांग्रेस, माओवादी, मधेशवादी, रास्वपा सबैसँग मिलेर बनाएको उल्लेख गरे।

सरकारमा जानको लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरू कम्युनिष्ट आन्दोलनमा देखापरेको उनको भनाई छ। उनले यसलाई दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण भएको टिप्पणी गरे।

उनले संगठनात्मक क्षेत्रलाई पनि ध्वस्त बनाएको आरोप लगाउनु भयो। प्रदेश कमिटीहरू १३ सयसम्म राखेर भद्दा बनाइएको उनको भनाई छ। उनले विधानका व्यवस्थालाई ठिक ढंगले पालना गर्न नसकेको बताए।

Views: 26

प्रतिक्रिया (०)