Aamsanchar

दाताको स्पर्मबाट जन्मिएका बालबालिकामा क्यान्सरको जोखिम

Author Image
बिहिवार, मंसिर २६, २०८२

काठमाडौं – डेनमार्कका एक शुक्रकीट (स्पर्म) दाताको स्पर्मबाट जन्मिएका बालबालिकाहरूले अहिले क्यान्सरको जोखिमको सामना गरिरहेका छन् ।

वास्तवमा, शुक्रकीट दान गर्ने ती व्यक्तिमा क्यान्सरको खतरा बढाउने वंशाणुगत उत्परिवर्तन थियो । तर, त्यसका लक्षणहरू देखिएका थिएनन् । यो उत्परिवर्तनबारे अनजानमा ती व्यक्तिले आफ्नो शुक्रकीट दान गरे, जसबाट यो खतरा करिब २०० बालबालिकामा फैलियो ।

डेनमार्कको सरकारी प्रसारक संस्थाका अनुसार सन् २००६ देखि २०२२ को बीचमा ती व्यक्तिको स्पर्म १४ देशका ६७ क्लिनिकहरूलाई बेचिएको थियो ।

डेनमार्कमा मात्र ती व्यक्तिको स्पर्मको मद्दतले ९९ बालबालिकाको जन्म भएको भयो । विश्वभर कम्तीमा १९७ बालबालिकाको जन्म ती व्यक्तिको स्पर्मको मद्दतले भएको थियो ।

कसरी पत्ता लाग्यो ?
सन् २०२० मा, ती स्पर्मको मद्दतले जन्मिएका एक बच्चामा क्यान्सर पत्ता लाग्यो । त्यसपछि ती व्यक्तिको स्पर्मको नमूना जाँच गरियो । तर, त्यसमा दुर्लभ टीभी ५३ उत्परिवर्तन पत्ता लागेन । तीन वर्षपछि यस्तै अर्को घटना देखियो । फेरि ती व्यक्तिका धेरै नमूनाहरूको जाँच गर्दा उनी भित्र क्यान्सरको खतरा बढाउने वंशाणुगत उत्परिवर्तन रहेको पत्ता लागेको थियो । एबीसीनेटबाट ।

Views: 17

प्रतिक्रिया (०)