Aamsanchar

भिजिट भिसा तस्करी प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author Image
बिहिवार, मंसिर २५, २०८२

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना व्यक्ति र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर भएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ७ जना व्यक्त र दुई कम्पनीविरुद्ध आरोप- पत्र दायर भएको जानकारी दिए।

भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि उनी अनुसन्धानमा तानिएका थिए। अख्तियारले अनुसन्धानका लागि गत जेठ ७ गते विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

पछि जेठ १८ गते उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरिएको थियो।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर