Aamsanchar

लियोनेल मेस्सी भारतको कोलकाता आइपुगे

Author Image
शनिवार, मंसिर २७, २०८२

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भारतको कोलकाता आइपुगेका छन्। उनीसँगै लुइस स्वारेज र रोड्रिगो डे पल पनि छन्।

 

मेस्सी जीओएटी इंडिया टूर २०२५ का लागि उनी कोलकाता आइपुगे। मेस्सीको एक झलक हेर्न कोलकाता विमानस्थलमा हजारौं फ्यान भेला भएका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार मेस्सीलाई स्वागत गर्न हजारौं मानिस मध्यरातसम्म पर्खिरहेका थिए। उनको विमान शनिबार बिहान २स्२६ बजे कोलकातामा अवतरण गरेको थियो।

 

मेस्सीले भारतमा तीन दिन बिताउनेछन्। यस क्रममा उनले देशका चार शहरहरूको भ्रमण गर्नेछन्।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर