Aamsanchar

सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढ्यो

Author Image
आइतवार, मंसिर २८, २०८२

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।

शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो ।

त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।

गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२
सुनको मूल्य ह्वात्तै बढ्यो
आइतवार, फागुन १०, २०८२