

संखुवासभा – चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ।चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिलबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

आइतबार बिहान साढे १० बजे चैनपुर–४ मैदाने श्याम चौकमा ग्यास लिक भएर श्याम लिम्बुको घरमा आगलागी भएको भएको थियो। आगो निभाउने क्रममा आगो बढ्दै गएपछि जलेर श्यामका बुवा ८८ वर्षीय वृद्ध दिलबहादुर पनि पुगेका थिए।

वृद्धको शव प्राथमिक स्वास्थ्यचौकी चैनपुरमा पोष्टमार्टम प्रश्चात् परिवारको जिम्मा लगाएको छ।

आगलागीबाट जलेर ढुङ्गा सिमेन्टले बनेको पक्की घरको जलेर नष्ट भएको छ। घटना लगत्तै प्रहरी चौकी सिद्धपोखरी प्रहरी सहायक निरीक्षक भीम बहादुर बरालको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
आगो प्रहरी र स्थानीयको सहयोगमा करिब २ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। आगलागीमा परेर एक सय ५० मन अलैंची,१४ तोला सुन,१० लाख रुपैयाँ नगद किराना पसलका सामान, अन्नपात, भाडा वर्तन र लत्ता कपडा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब दुई करोड ३६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

