

बुटवल- नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

कार्की लगायतलाई रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

कार्कीसहित झन्डै दुई सय जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेको रास्वपाले दाबी गरेको छ ।

कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्वस्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका नेता हुन् ।
कार्की सँगै नेकपा एमाले प्रदेश सदस्य पदम ज्ञवाली लगायतका नेताहरू रास्वपा प्रवेश गरेका हुन् ।
Views: 109

