Aamsanchar

सुनको मुल्य बढेको बढ्यै, हालसम्मकै उच्च विन्दुमा पुग्यो

Author Image
सोमवार, मंसिर २९, २०८२

काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो।

आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० पुगेको थियो।

यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ। आइतबारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८७० कायम भएको महासंघले जनाएको छ।

आइतबार एक तोला चाँदी ३ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर