Aamsanchar

सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरू खोजेर हिँड्याे: रामहरि खतिवडा

Author Image
सोमवार, मंसिर २९, २०८२

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाएका हुन् ।

सरकारले मन्त्री बनाउन भ्रष्ट्रहरू खोजेर हिँडेको उहाँले बताए । छानी छानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको उनको दाबी छ । उनले वर्तमान सरकारमा केही मन्त्रीहरू भने काम गर्नेजस्ता देखिएको भएपनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उनले बताए ।

उनले कांग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिए । महाधिवेशनको लागी हाल क्रियाशील सदस्य नवीकरण र वितरणको काम भइरहेको बताए।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर