

काठमाडौं – जुवा खेलेको आरोपमा धरानबाट ८ जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रविसहित ८ जनालाई गए राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Views: 95

