

काठमाडौं – नेकपा (एमाले)को ११औँ महाधिवेशनमा रघुजी पन्त उपाध्यक्ष पदको उमेद्वार बन्ने भएका छन् । आफू उपाध्यक्षको उमेदवार बन्न लागेको उनले जानकारी दिए ।

“उपाध्यक्षमा उमेद्वारी दिँदै छु,” उनले भने । तर, उनले कसको प्यानल वा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने भन्ने खुलाएनन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले पन्त आफ्नो प्यानलबाट उमेदवार बन्न लागेका जिकिर गरेको छ । पोखरेलनिकट स्रोतले पन्तलाई आफ्नो समूहबाट उपाध्यक्षको उमेदवार बनाइएको बताएको छ ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वमा प्रतिस्पर्धाको तयारी गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चुनावी प्रक्रिया जारी छ ।
Views: 104

