Aamsanchar

राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिए

Author Image
मङ्गलवार, पौष १, २०८२

काठमाडौं – नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

‘पार्टीका नेताहरूको, कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राखेर केपी शर्मा नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको छु’ गौत्तमले भने ।

गौत्तमको खुला केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको छ ।

Views: 93

प्रतिक्रिया (०)