

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २० जना घाइते भएका छन्। मंगलबार दिउँसो बकैया गाउँपालिका वडा नं ७ अधेरी स्थित लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्दाजी २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Views: 75

