Aamsanchar

आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बने क्यामरुन ग्रीन

Author Image
मङ्गलवार, पौष १, २०८२

काठमाण्डौ – अस्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् ।

संयुक्त अरब इमिरेट्स ९यूएई० को राजधानी अबुधाबीमा चलिरहेको आईपीएल अक्शनमा कोलकाता नाइट राइडर्सले २६ वर्षीय ग्रीनलाई २८ करोड २० लाख भारुमा टोलीमा अनुबन्ध गरेको हो । यसअघि सन् २०२४ को अक्शनमा कोलकाताले अस्ट्रेलियाकै मिचेल स्टार्कलाई २४ करोड ७८ लाख भारुमा अनुबन्ध गरेको थियो ।

यस्तै कोलकाताले आईपीएल २०२६ को अक्शनमा दोस्रो सबैभन्दा महँगो खेलाडीका रूपमा श्रीलङ्काका तीव्र गतिका बहर मथेशा पाथिरानालाई १८ करोड भारुमा अनुबन्ध गरेको छ ।

समग्रमा क्यामरुन ग्रीन आईपीएल इतिहासकै तेस्रो महँगा खेलाडी बनेका छन् । सन् २०२५ को मेगा अक्शनमा लखनउ सुपर जायन्ट्सले भारतका ऋषभ पन्तलाई २७ करोड र पन्जाब किङ्ग्सले भारतकै श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

१९औं संस्करणको आईपीएलका लागि अबुधाबीमा भइरहेको मिनी–अक्शनमा ३६९ जना खेलाडी सहभागी छन् ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर