Aamsanchar

श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन उपाध्यक्ष देवराज लामालाई

Author Image
बुधवार, पौष २, २०८२

काठमाडौं- विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ(देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले मंगलबार पक्राउ गरेको थियो ।

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

 

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर