

काठमाडौं – नेकपा(एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा हालसम्म ५३२ मत खसेको छ । नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । मतदान सुरु भएको ५ घण्टामा उक्त परिणाममा मत खसेको एमालेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उमेदवार प्रतिस्पर्धामा छन् । दुई हजार २६३ प्रतिनिधि रहेका छन् ।
Views: 63

