

झापा – झूटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेका हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेकाहरूमाथि नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको जानकारी दिए।

Views: 96

